होमपेज > बागमतीमा बोराभित्र राखेर फालेको अवस्थामा महिलाको शव फेला, पाँच जना पक्राउ

बागमतीमा बोराभित्र राखेर फालेको अवस्थामा महिलाको शव फेला, पाँच जना पक्राउ

बिज्ञापन
बिज्ञापन

काठमाडौंमा हत्या गरी बोराभित्र राखेर फालेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।

बिज्ञापन

शनिबार मध्याह्न करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो। करिब ३५ वर्षीया महिलाको शव भेटिएको हो। अनुसन्धानको क्रममा महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।

बिज्ञापन

उनले महिलाको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको बताए। उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ आइतबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोला घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई सोही वडामा बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ ४ घर भई सोही वडामा बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक छन्।

मृत भेटिएकी महिलाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। मृत्यु हुनेको सनाखत भएको छैन।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते