होमपेज > मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, दुई जना घाइते

बिज्ञापन
बिज्ञापन

झापाको भद्रपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

बिज्ञापन

मेची राजमार्ग अन्तरगत चारआली केचना सडक खण्डको भद्रपुर नगरपालिका- १० स्थित हनुमान चोकमा गएराति ९:५० मा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

बिज्ञापन

प्रदेश १-०१-०१४ प ९९३ नम्बर को मोटरसाइकल चालक भद्रपुर- १० केन्द्र मोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाइते भएका भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका- १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर- ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका छन् । राउतको ओमसाई पाथीभरा हस्पिटलमा र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको डीएसपी चन्दले बताए । दुवै सवारीसाधन प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जनाइएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते