राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि कास्कीबाट रुपन्देही लगिएको छ।
बिज्ञापन
श्रीएयरलाइन्सको जहाजबाट उनलाई केही बेरअघि पोखराबाट भैरवा एयरपोर्ट पुर्याइएको हो। उनी सवार जहाज पाँच घण्टा कुरेपछि भैरहवा विमानस्थलमा अवतरण गरिसकेको छ। उनलाई अब त्यहाँबाट बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइँदैछ।
बिज्ञापन
बयान सकिएमा उनलाई मंगलबार नै कास्कीको पोखरा फर्काउने तयारी छ। यदि बयान नसकिएमा उनलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमै राखिनेछ।
-यो पनि पढ्नुहोस्:
बिज्ञापन
बयानका लागि रवि लामिछानेलाई भैरहवा लगिँदै








