होमपेज > विद्यार्थीहरू नै राष्ट्रका आधारस्तम्भ हुन्: मुख्यमन्त्री सिंह

विद्यार्थीहरू नै राष्ट्रका आधारस्तम्भ हुन्: मुख्यमन्त्री सिंह

बिज्ञापन
बिज्ञापन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

बिज्ञापन

मुख्यमन्त्री सिंहले शनिबार एक बधाई दिदैँ विद्यार्थीहरूको यो उपलब्धिलाई शिक्षा यात्राको एक महत्वपूर्ण चरणको रूपमा वर्णन गरेका छन् । उनले भने, ‘तपाईंहरूको परिश्रम, लगनशीलता र निरन्तरताले हासिल गरेको यो सफलताले आगामी लक्ष्यतर्फ अघि बढ्ने मार्ग प्रशस्त गरेको छ । यसले तपाईंहरूलाई अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

बिज्ञापन

सन्देशमा मुख्यमन्त्री सिंहले विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् । उनले शिक्षा नै समृद्धि र परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै समाज, प्रदेश र राष्ट्रको समुन्नत भविष्य निर्माणमा विद्यार्थीहरूबाट योगदानको अपेक्षा व्यक्त गरेका छन् ।

‘विद्यार्थीहरू नै राष्ट्रका आधारस्तम्भ हुन्,‘ मुख्यमन्त्री सिंहको भनाइ छ, ‘एसईईको सफलताले तपाईंहरूको आत्मबल थप मजबुत बनोस र आगामी दिनहरूमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सकुन् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते