होमपेज > बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघको प्रहरीमा उजुरी

बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघको प्रहरीमा उजुरी

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ।

बिज्ञापन

गत भदौ २३ र २४ गते काठमाडौंमा आयोजना गरिएको जेनजी आन्दोलनको क्रममा भएको घटनासँग सम्बन्धित भन्दै नेविसंघले उनीहरू विरुद्ध अनुसन्धानको माग गर्दै काठमाडौं र ललितपुर प्रहरी परिसरमा छुट्टाछुट्टै उजुरी दर्ता गरेको हो।

आन्दोलनमा उक्साहट र तोडफोड गराएको आरोप

बिज्ञापन

नेविसंघले बालेन र सुदनले विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन उक्साएको, आन्दोलनको क्रममा आगजनी, तोडफोड, राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको र सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाएको छ। संगठनले उनीहरूमाथि तत्काल अनुसन्धान सुरु गरी कारबाही गर्न माग गर्दै २४ घण्टाभित्र उजुरी दर्ता गरी पक्राउ गर्न प्रहरीले आवश्यक कदम चाल्नुपर्ने बताएको छ।

उजुरी दर्ता गर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्।

यसअघि पनि सुदन गुरुङ नेतृत्वको समूहले आन्दोलनमा भएको प्रहरी दमनको विरोधमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध जाहेरी दिएको थियो। त्यसपछि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दर्ता गराएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते