बिज्ञापन
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कारोबार सुरु भएको तीन मिनेटमै १०२ अंकले उकालो लागेपछि बजार अस्थायी रूपमा बन्द भएको छ।
बिज्ञापन
नेप्से परिसूचकमा ४ प्रतिशतभन्दा बढी वृद्धि भएपछि ‘सर्किट ब्रेकर’ लागू भई बजार २० मिनेटका लागि बन्द गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बुधबार नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा व्यक्तिगत लगानीकर्ताका लागि तोकिएको २५ करोडको सीमा (क्याप) हटाएपछि लगातार घटिरहेको बजारमा उत्साह देखिएको हो।
बिज्ञापन
त्यससँगै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण गर्ने नीतिगत परिवर्तन गरेको कारण लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरूको भनाइ छ।
बजार पुनः खुल्दा आजको कारोबार प्रवृत्तिले नेप्सेमा थप उतार–चढाव आउने अनुमान गरिएको छ।








