बिज्ञापन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (सोमबार) जिल्लाका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहका कार्यालयहरू खोल्न निर्देशन दिएको छ। असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरिएको भए पनि मौसममा सुधार र जोखिमको अवस्था नटिकेकाले सेवा सुचारु गर्न आग्रह गरिएको हो।
बिज्ञापन
“दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेशमार्ग अवरुद्ध भएको र उद्धार तथा राहत कार्यमा सहजता ल्याउनका लागि बिदा दिइएको थियो। हाल मौसममा सुधार भएसँगै जोखिम टरिसकेको छ,” प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
कार्यालयले बिहान १० बजेदेखि नियमित कार्यालय समयसम्म सेवा प्रवाह हुने व्यवस्था मिलाउन र कर्मचारीको अनिवार्य उपस्थिति सुनिश्चित गर्न निर्देशन दिएको छ।
बिज्ञापन
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डमा पनि यातायात सेवा पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजेदेखि सवारी आवागमन सुरु भएको हो।
गत शुक्रबार र शनिबारको अविरल वर्षापछि पहिरोको उच्च जोखिम देखिँदा आइतबार राति ९ बजेपछि उक्त सडकमा सवारी सञ्चालन रोकिएको थियो। सडक सञ्चालनमा आएपछि १४ वटा विश्रामस्थल (होल्डिङ सेन्टर)मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधनहरू पुनः गन्तव्यतर्फ गएका छन्।








