होमपेज > के तपाईं चियासँग चुरोट पनि पिउनुहुन्छ? सावधान ! हुनसक्छ गम्भीर समस्या

के तपाईं चियासँग चुरोट पनि पिउनुहुन्छ? सावधान ! हुनसक्छ गम्भीर समस्या

बिज्ञापन
बिज्ञापन

जाडो महिना सुरु भएसँगै धेरैजसो मान्छेको चिया बिनाको बिहानी नै नहुने भएको देखिन्छ। चिया-बिस्कुट, चिया रोटि अनि चिया चुरोट पनि।

बिज्ञापन

चियासँग चुरोट पिउने बानी सही र स्वस्थ हो त ? के तपाई पनि चिया पिउने क्रममा धूम्रपान गर्नुहुन्छ ? यो बानीले तपाईंलाई हानी पुर्याउन सक्छ। चुरोट पिउनु राम्रो होइन। अझ चुरोट र चिया एक साथ सेवन गर्नु त झनै राम्रो बानी होइन। यो अत्यन्त हानिकारक हुन सक्छ। जाडो मौसममा घरको बार्दली, सडकको छेउमा उभिएर चिया पिउँदै चुरोट पिउनुहुन्छ भने सावधान।

बिज्ञापन

-यस्ता छन् चियासँग चुरोट पिउँदाका हानीहरू:

१-स्वास्थ्यसम्बन्धी कयौँ समस्या गराउन सक्छ: 

बिज्ञापन

चियाको घुट्कोसँगै चुरोट तान्दा तनाव, चिन्ता र थकानबाट मुक्ति मिल्छ भन्ने सोच्नुहुन्छ भने तपाईँ बिलकुल गलत हुनुहुन्छ। चिया पिउनु हानिकारक छैन, तर यसको साथमा चुरोट पिउनाले धेरै शारीरिक समस्याहरू निम्त्याउन सक्छ। यो मध्ये एउटा समस्या चाँहि कब्जियत हो।

२- चियामा पाइने क्याफिनले पाचन प्रणालीमा मिश्रित प्रभाव पार्न सक्छ: 

धेरै चिया पिउनुहुन्छ, यसले शरीरमा पानीको कमी हुन सक्छ। जसका कारण दिसा निकै टाइट हुन्छ र शौच गर्न समस्या हुन सक्छ। पेट राम्रोसँग सफा हुँदैन। क्याफिनले पिसाब नलीमा जलन गराउँछ।

३-पानीको अभावका कारण दिसाको स्थिरता र मार्ग प्रभावित हुन्छ: 

यसले कब्जियतको समस्या बढाउन सक्छ। ल्याक्टोज सहन नसक्ने व्यक्तिलाई पेट फुल्ने, कब्जियत जस्ता पाचन समस्याहरू हुन सक्छ।

४-ग्यास्ट्रोइंटेस्टाइनल (जीआई) मार्गमा पनि गम्भीर प्रभाव पर्न सक्छ:

चुरोटमा पाइने निकोटिनको मात्राले स्नायु प्रणालीलाई उत्तेजित गर्छ। आन्द्राको गतिविधिलाई तीव्र बनाउन सक्छ। लगातारको धूम्रपानले आन्द्राको माइक्रोबायोटाको सन्तुलन गडबड हुन सक्छ।

५- यसको अतिरिक्त, निकोटिनले आन्द्रामा रक्त प्रवाह कम गर्छ: 

यसले आन्द्राको काम गर्ने क्षमता घट्छ। यी समस्याबाट बच्न चियाको सेवन घटाउनुपर्छ।

#हरेक दिन ८ देखि १० गिलास पानी पिउनुहोस्। यसो गर्दा क्याफिनको प्रभावलाई कम गर्न सकिन्छ। यदि तपाई धेरै चुरोट पिउनुहुन्छ भने आजैदेखि यो बानी घटाउँदै लैजानुहोस्। बिस्तारै धूम्रपान छाड्दै गएर यसलाई पूरै ठप्प पारिदिनुहोस्।

-यो पनि पढ्नुहोस्:

जाडोमा छालाको हेरचाह कसरी गर्ने? साबुनको सट्टा यी चिज लगाउनुस् अनुहारमा !

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते