होमपेज > देशभर मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, चार दिन अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

देशभर मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, चार दिन अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जनाएको छ। देशभरको मौसम साधारणतया बदली रहेको विभागले जनाएको छ।

बिज्ञापन

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही भूभागहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको तराई, कर्णाली र बागमती प्रदेशको पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने र कोशी, गण्डकी, लुम्बिनी तथा मधेस प्रदेशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बिज्ञापन

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थाबाहेक आगामी चार दिनसम्म लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

असोज १७ देखि २० गतेसम्मको लागि विशेष सतर्कता

प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म विभिन्न जिल्लामा भारी वर्षाको चेतावनी सार्वजनिक गरेकाले संभावित बाढी, पहिरो तथा आकस्मिक घटना रोक्न सतर्कता आवश्यक छ।

बाढीको जोखिम उच्च

प्राधिकरणले बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तहसम्म पुग्न सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

त्यस्तै, बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ; मधेस प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट लगायत आसपासका जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढीको जोखिम उच्च रहेको विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणले सबै नागरिक, स्थानीय तह र सरोकारवाला निकायलाई समयमै पूर्वतयारी गर्न, सूचनामा अपडेट रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते