होमपेज > प्राधिकरणले सार्वजनिक गर्‍यो आन्तरिक उडानको अधिकतम हवाई भाडादर

प्राधिकरणले सार्वजनिक गर्‍यो आन्तरिक उडानको अधिकतम हवाई भाडादर

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आन्तरिक उडानका लागि अधिकतम हवाई भाडादर सार्वजनिक गरेको छ। दसैंको टीकाको दिन (असोज १६) लाई आधार मानेर निर्धारण गरिएको भाडादरमा यात्रुहरूबाट तोकिएको भन्दा बढी शुल्क असुल्न नपाइने प्रष्ट पारिएको छ।

बिज्ञापन

प्राधिकरणले अत्यधिक यात्रुको चाप हुने चाडपर्वको समयमा हवाई टिकटको कृत्रिम अभाव र महँगो मूल्यका गुनासो बढ्ने गरेको जनाउँदै यसपटक भाडादरमा पारदर्शिता ल्याउन सूची सार्वजनिक गरेको हो। नेपाल सरकारबाट स्वीकृत दरभन्दा बढी शुल्क लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूविरुद्ध कडा कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

सबैभन्दा धेरै भाडा काठमाडौंधनगढी रुटमा

बिज्ञापन

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौंधनगढी मार्गमा तोकिएको छ, जुन १७ हजार ५७९ रुपैयाँ रहेको छ। त्यसपछि काठमाडौंनेपालगञ्ज (१३ हजार १०३), काठमाडौंभद्रपुर (१२ हजार ११२) र काठमाडौंविराटनगर (९ हजार ७८५) रहेका छन्।

सबैभन्दा सस्तो काठमाडौंसिमरा उडान

अन्तरमा, सबैभन्दा कम भाडा काठमाडौंसिमरा मार्गमा ३ हजार ९७८ रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौंभरतपुर (४ हजार ६४३) र काठमाडौंजनकपुर (५ हजार ४७०) पनि तुलनात्मक रूपमा सस्ता मार्गमा पर्छन्।

प्राधिकरणका अनुसार, यस सूचीले यात्रुहरूलाई हवाई भाडा सम्बन्धी जानकारी स्पष्ट रूपमा उपलब्ध गराउनेछ र टिकट खरिद गर्दा अनावश्यक ठगी वा अनियमितताबाट जोगाउनेछ।

भाडादर उल्लंघनमा कारबाहीको चेतावनी

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा प्रदायक कम्पनीहरूलाई तोकिएको दरभन्दा बढी रकम असुल्न नपाइने स्पष्ट निर्देशन दिएको छ। यदि तोकिएको भाडादरभन्दा बढी रकम असुलिएको पाइएमा कानुनी कारबाही गरिने प्राधिकरणको चेतावनी छ। यात्रुहरूलाई पनि टिकट खरिद गर्दा अधिकतम भाडादरबारे जानकारी लिएर मात्र कारोबार गर्न सुझाव दिइएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते