बिज्ञापन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजी (Gen Z) पुस्ताले उठाएका मागहरू भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने दिशामा केन्द्रित रहेको बताएका छन्। उनले युवापुस्ताको आवाजलाई बेवास्ता गर्नु अब सम्भव नरहेको स्पष्ट पारे।
बिज्ञापन
नेपाल विद्युत् प्राधिकरणले शुभकामना तथा बधाई दिन आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशभित्रै बस्ने र काम गर्ने वातावरण निर्माण युवाहरूको प्राथमिक चाहना भएको बताए। उनले भने, “देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने युवापुस्ताको चाहना पूरा गर्न जरुरी छ।”
उनले हाल देखिएका भ्रष्टाचार, अनियमितता र बेथिति विरुद्धको आवाजलाई सम्बोधन गर्दै भने, “भ्रष्टाचार अब क्षम्य हुँदैन। अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही हुन्छ।” मन्त्री घिसिङले सुशासनलाई अब व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै चेतावनी पनि दिए कि, “अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुनेछ र त्यसले कसैलाई नछोड्नेछ।”
बिज्ञापन
उनले जनताको सेवा र विश्वासप्रति राज्यको दायित्वप्रति गम्भीर हुनुपर्ने उल्लेख गर्दै जेनजी पुस्ताले उठाएका विषयलाई व्यवहारमा लागू गर्न ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरे।








