होमपेज > महिला रोजगारी प्रवर्द्धन गर्ने निर्यातमुखी उद्योगलाई सस्तो कर्जाको व्यवस्था

महिला रोजगारी प्रवर्द्धन गर्ने निर्यातमुखी उद्योगलाई सस्तो कर्जाको व्यवस्था

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

महिला रोजगार प्रवर्द्धन तथा निर्यातमुखी उद्योगको प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनअनुसार कम्तीमा १०० जना महिलालाई रोजगारी प्रदान गर्ने र कम्तिमा २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगहरूले न्यूनतम ब्याजदरमा कर्जा पाउने भएका छन्।

बिज्ञापन

निर्देशनअनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले यस्तो उद्योगलाई आफ्नो आधार दरमा अधिकतम १ प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्न सक्नेछन्।

त्यस्तै, हालै जेनजी पुस्ताका प्रदर्शनबाट प्रत्यक्ष रूपमा प्रभावित भएका उद्योग, व्यापार, व्यवसायिक प्रतिष्ठान तथा त्यहाँ कार्यरत श्रमिकहरूलाई तलब र अन्य सुविधा दिनका लागि आधार दरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम मात्र थप गरेर कर्जा दिने व्यवस्था गरिएको छ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार, यस्तो कर्जा एक वर्ष वा सम्बन्धित संस्था सञ्चालनमा आउन लाग्ने अवधिसम्म (दुबैमध्ये जुन कम हुन्छ, त्यो अवधिसम्म) प्रदान गरिनेछ। यस्ता कर्जामा लाग्ने ब्याजदरमा सरकारबाट पहिलो छ महिनाका लागि २ प्रतिशत ब्याज अनुदान दिइनेछ। यस्ता कर्जाका लागि रोजगारदाता संस्थाहरूले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।

उता, प्रदर्शनका कारण क्षति पुगेका व्यवसायिक सवारीसाधन वा ढुवानीका साधन प्रतिस्थापन गर्न लिइने कर्जामा ऋण मूल्य अनुपात (LTV ratio) अधिकतम ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, रसुवा र तातोपानी भन्सार नाकामा आएको प्राकृतिक प्रकोपका कारण प्रभावित कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा पुनरतालिकीकरण (rescheduling) गर्न सकिने व्यवस्था पनि निर्देशनमा गरिएको छ। यस्ता कर्जा पुनरतालिकीकरण गर्दा असार मसान्तसम्म जुन वर्गमा थियो, सोही वर्गमा कायम राख्नुपर्नेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते