राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको ९१ बर्षको उमेरमा शुक्रबार निधन भएको छ।
बिज्ञापन
राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली सहित दाहसंस्कार भएको छ। श्रद्धान्जलीमा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेम बहादुर मल्ल, सरोज पोखरेल लगायत कर्मचाहरुको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ बर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए।
बिज्ञापन
२०१७ साल देखि २०२४ साल सम्म राणा परिषद्को सदस्य सचिव हुनु भएको थियो। नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष थिए भने हाल आजीवन मानर्थ अध्यक्ष रहनु भएको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिए। राणाको निधन प्रति राष्ट्रिय खेलकुद परिषद्ले दुख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदान व्यक्त गरेको छ








