होमपेज > आज हिमालयन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारण सभा

आज हिमालयन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारण सभा

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारण सभा आज बस्दैछ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित)वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

बिज्ञापन

साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८०/८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

बिज्ञापन

साधारण सभाले यस कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंक लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्नेछ । साधारण सभाले सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने (हालको लेखापरीक्षक) एससि लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनी ऐनको दफा १०५ को (१) (ग)बमोजिम आर्थिक वर्ष २०८०/८१ मा भएको खर्चको अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बिज्ञापन

साधारण सभा आज असार १० गते, मंगलबार आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा बिहान १०ः ३० बजे बोलाएको हो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते