होमपेज > नेपाल एयरलाइन्सले ग्वाञ्जाओमा सिधा उडान सुरु

नेपाल एयरलाइन्सले ग्वाञ्जाओमा सिधा उडान सुरु

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौंग्वाञ्जाओकाठमाडौं नियमित उडान सञ्चालनमा ल्याएको हो।

बिज्ञापन

निगमले असोज ९ गतेदेखि उडान सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारणले उद्घाटन उडान केही दिन ढिलाइमा भएको थियो। शनिबार दिउँसो सम्पन्न पहिलो उडान ग्वाञ्जाओ पुगेर आइतबार काठमाडौँ फर्किएको निगमका प्रवक्ता मनोजकुमार साहले जानकारी दिए। उद्घाटन उडानमा ग्वाञ्जाओबाट १०७ यात्रु काठमाडौँ फर्किएका छन्।

उडान सुरु गर्नुपर्ने दिन यात्रु र अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका अवस्थामा पहिलो उडान रद्द भए पनि निगमले तत्काल व्यवस्थापन गरेको थियो। अब भने पूर्वनिर्धारित तालिकाअनुसार उडान नियमित हुने निगमले जनाएको छ। नेपाल एयरलाइन्सले ग्वाञ्जाओतर्फ हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ। पहिलो उडान असोज १२ गते सम्पन्न भइसकेको र त्यसपछिका उडान असोज ३०, कात्तिक २ र ६ गते हुने तय छ। त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार नियमित उडान हुनेछ।

बिज्ञापन

काठमाडौँग्वाञ्जाओ मार्गमा एकतर्फी टिकटको भाडा रु ३० हजार र दोहोरो टिकट रु ५० हजार निर्धारण गरिएको छ। हाल यस गन्तव्यमा चीनको चाइना साउदर्न र नेपालबाट हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्दै आएका छन्। नेपालीको उल्लेख्य बसोबास रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ।

ग्वाञ्जाओमा उडान सुरुसँगै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय सेवा नौ देशका ११ गन्तव्यमा विस्तार भएको छ। हाल निगमले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमानमार्फत दोहा, क्वालालम्पुर, दुवई, हङकङ, दिल्ली, मुम्बई, बैङ्गलोर, बैंकक, दमाम र जापानको नारितामा उडान सञ्चालन गरिरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते