नेपाली शेयर बजारमा यो साता नेप्से परिसूचक भारी अंकले घट्दै समग्रमा ६१.२२ अंकको गिरावटसँगै बन्द भएको छ। साताभर कारोबार रकम समेत घटेर औसतमा ५ अर्ब रुपैयाँ आसपासमै सीमित रह्यो।
बिज्ञापन
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, सातामा पाँच दिनमध्ये चार दिन बजार घट्दा केवल एक दिन मात्र बजार उकालो लाग्यो। बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ।
बिज्ञापन
साताको नेप्से विवरण:
आइतबार: नेप्सेमा ३१.१७ अंकको गिरावट, बजार २,७४९.८३ विन्दुमा बन्द
बिज्ञापन
सोमबार: १२.०३ अंकको वृद्धि, बजार २,७६१.८६ विन्दुमा पुग्यो
मंगलबार: पुनः १९.८९ अंकको गिरावट, नेप्से २,७४१.९७ विन्दुमा झर्यो
बुधबार: १५.६४ अंकको गिरावट, बजार २,७२६.३३ विन्दुमा बन्द
बिहीबार: अन्तिम दिन ६.५५ अंकको गिरावट, नेप्से २,७१९.७७ विन्दुमा पुग्यो
कारोबार रकम घट्दै:
साताभर नेप्से घट्दा कारोबार रकम पनि खुम्चिएको देखिन्छ।
आइतबार: कारोबार रकम – ५ अर्ब ९८ करोड रुपैयाँ
सोमबार: घटेर करिब ५ अर्ब रुपैयाँ
मंगलबार: अझ घटेर ४ अर्ब ३८ करोड रुपैयाँ
बुधबार: कारोबार – ४ अर्ब ६६ करोड रुपैयाँ
बिहीबार: पुनः केही सुधार हुँदै ५ अर्ब रुपैयाँको कारोबार
साताभर कुल कारोबार रकम २४ अर्ब रुपैयाँ आसपासमा सीमित रह्यो। दोहोरो अंकको गिरावट र कारोबार खुम्चिनु बजारमा हाल नकारात्मक मनोवृत्ति हावी भएको संकेत मानिएको छ।
बजार विश्लेषकहरूका अनुसार, बैंक तथा वित्तीय संस्थाको मुनाफा घट्नु, लाभांश वितरणको अनिश्चितता, तथा आर्थिक वातावरणप्रति लगानीकर्ताको आशंका बजारमा गिरावटको मुख्य कारण बन्न पुगेको हो।








