होमपेज > चर्चित उद्योगपति रतन टाटाको निधन

चर्चित उद्योगपति रतन टाटाको निधन

बिज्ञापन
बिज्ञापन

भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। केही दिनदेखि उपचार गराइरहेको टाटाको बुधबार मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिज्ञापन

टाटा सन्सका अध्यक्ष एन चन्दशेखरनले टाटा समूहका तर्फबाट सूचना जारी गर्दै रतनको निधन भएको पुष्टि गरेका हुन्।
भारत सरकारबाट पद्मभूषणले सम्मानित रतनको निधनमा भारतीय नेता, उद्योगपति, सेलिब्रेटिजसहित विश्वभरका उनका प्र्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन्।

बिज्ञापन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा दूरदर्शी व्यापारी र असाधारण व्यक्ति रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले व्यापार र परोपकारी क्षेत्रमा रतनको विशेष योगदान रहेको स्मरण गरेका छन्।

रतनको जम्म सन् १९३७ डिसेम्बर २८ मा भएको थियो। उनी १९९१ देखि २०१२ सम्म टाटा ग्रुपका अध्यक्ष थिए। उनले व्यापारिक क्षेत्रमा कैयौँ कीर्तिमान राखेको नवभारत टाइम्सले उल्लेख गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते