नेपाली बजारमा यो साता सुनको मूल्यले दिनहुँजसो वृद्धि गर्दै कीर्तिमानी मूल्यस्तर कायम गरेको छ। आइतबारदेखि शुक्रबारसम्म जम्मा पाँच दिन मूल्य बढेको सुन बिहीबार मात्र स्थिर रह्यो। साता भरिमा प्रतितोला सुनको मूल्यमा ९ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ।
बिज्ञापन
आइतबार, सुनको मूल्यमा एकैदिन ३ हजार रुपैयाँको वृद्धि भई प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भयो। सोमबार, थप १७ सय रुपैयाँले बढेर २ लाख ५ हजार ३ सय रुपैयाँमा पुग्यो। मंगलबार, पुनः ६ सय रुपैयाँले बढ्दै २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भयो।
बिज्ञापन
बुधबार, सुनको मूल्यमा २ हजार रुपैयाँको अर्को वृद्धि भई प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा पुग्यो। बिहीबार भने सुनको मूल्य स्थिर रह्यो। तर शुक्रबार, पुनः २५ सय रुपैयाँको वृद्धि भई सुन २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो।
यो वृद्धिसँगै नेपाली बजारमा सुनले नयाँ उचाइ छोएको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर, तेल मूल्य, मुद्रास्फीति, र आर्थिक अनिश्चितताजस्ता कारणले सुनको मूल्य बढेको विश्लेषण गरिएको छ।








