कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) पुन: नियुक्ति भएकी छिन् । आज शुक्रबार बैकले एक समारोह आयोजना गरि साम्बालाई पुन एक वर्ष अवधिका सद्भावनादूत नियुक्त गरेको हो।
बिज्ञापन
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ को समउपस्थितिमा बैंकका उप महाप्रबन्धक सुदिप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरेका थिए । कार्यक्रम मा सिईयो गोबिन्द गुरुङले बैंकको विश्वास आम जनतामाझ पुर्याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । सम्झौताअनुसार साम्बाले ब्रान्ड एम्बेसडरका रूपमा रहेर बैंकको बजार प्रवर्द्धन तथा प्रचारमा सहयोग गर्नेछन्।
बिज्ञापन
कार्यक्रममा कृषि विकास बैंकका सिईओ गुरुङसहित बैंकका विशिस्ट श्रेणीका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।








