होमपेज > जर्मनीको अर्थतन्त्रलाई निरन्तर ओरालो, चाँडै सुधार्न कठिन

जर्मनीको अर्थतन्त्रलाई निरन्तर ओरालो, चाँडै सुधार्न कठिन

बिज्ञापन
बिज्ञापन

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको सकल घरेलु उत्पाद (जीडीपी) सन् २०२५ को दोस्रो त्रैमासिकमा ०.३ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ। यो दर जुलाईमा सार्वजनिक प्रारम्भिक अनुमान (०.१%) भन्दा बढी हो, जसले जर्मन अर्थतन्त्रबारे थप चिन्ता बढाएको छ।

बिज्ञापन

जर्मन संघीय तथ्याङ्क संस्था (डेस्टाटिस) का अनुसार खपत, निर्माण र उत्पादन क्षेत्रमा अपेक्षाभन्दा कमजोर प्रदर्शन भयो। वस्तु निर्यात ०.६ प्रतिशतले र मेसिन तथा उपकरणमा लगानी १.९ प्रतिशतले घटेको छ।

बिज्ञापन

आईएनजी बैंकका विश्लेषक कास्र्टेन ब्रजेस्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार कर नीति र अमेरिकी डलरको तुलनामा युरोको मूल्यवृद्धिका कारण जर्मनीको निर्यात–केन्द्रित अर्थतन्त्रलाई चाँडै सुधार्न कठिन हुने बताए। उनले भने, “जर्मनी लामो समयदेखि आर्थिक स्थिरताको अवस्थामा छ र सन् २०२६ अघि उल्लेखनीय सुधारको सम्भावना कमजोर छ।”

जर्मनीले पछिल्ला वर्षहरूमा ऊर्जा मूल्य वृद्धि, उच्च उत्पादन लागत र चीनसँगको प्रतिस्पर्धाका कारण आर्थिक चुनौती भोगिरहेको छ। डेस्टाटिसका अनुसार २०२३ मा जर्मनीको जीडीपी ०.९ प्रतिशतले र २०२४ मा ०.५ प्रतिशतले घटेको थियो।

बिज्ञापन

यसैबीच अमेरिका–युरोपेली संघबीचको नयाँ व्यापारिक सहमतिको ढाँचा पनि जर्मनीका लागि प्रतिकूल देखिएको छ। यसअन्तर्गत जर्मन कार उत्पादकहरूले उच्च आयात शुल्कको सामना गर्नुपर्ने भएकाले वार्षिक अर्बौं युरो घाटा हुनसक्ने चेतावनी उद्योग महासंघले दिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते