घुससहित पक्राउ परेका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले उनीविरूद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बिज्ञापन
उनले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको काम सकेपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । बिचौलियामार्फत घुस माग गरेको सूचना पाएपछि अख्तियारबाट खटिएको टोलीले एक लाख रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनले घुस माग गरेको पुष्टि भएको भन्दै उनीविरूद्ध शुक्रवार मुद्दा दायर गरिएको हो । रामपुकार नेकपा एमालेबाट निर्वाचित मेयर हुन् ।








