होमपेज > बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा

बिज्ञापन
बिज्ञापन

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।

बिज्ञापन

उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्। ‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज मैले मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख कार्यालयमा जानेछु,’ उनले भने।

बिज्ञापन

बागमतीमा साउन १४ गते ईन्द्र बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए। त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १४ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो।

बागमतीमा कांग्रेसका ३७ सांसद छन्। संविधानतः मुख्यमन्त्री बन्नका लागि दल नेता हुनुपर्ने प्रावधान नरहेको दाबी गर्दै लामाले दल नेता पराजित भए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका थिए। त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएर छलफल गरेका थिए।

बिज्ञापन

सभापति देउवासँगको छलफलपछि लामा मुख्यमन्त्रीबाट राजीनामा दिन तयार भएका हुन्। भेटमा सभापति देउवाले संसदीय दल नेताको निर्वाचन भइसकेको र दल नेता ईन्द्रबहादुर बानियाँ बनिसकेको अवस्थामा मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते