होमपेज > माधव-झलनाथको कहिले मिलाप त कहिले खटपट, पार्टी छोड्न एकअर्कालाई सुझाव

माधव-झलनाथको कहिले मिलाप त कहिले खटपट, पार्टी छोड्न एकअर्कालाई सुझाव

बिज्ञापन
बिज्ञापन

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट बढ्ने संकेत देखिएको छ ।

बिज्ञापन

खनाल र नेपालबीच भिन्न मत र सहकार्यको सम्बन्ध रोचक र धेरै पुरानो पनि छ । झण्डै पाँच दशक पुरानो सम्बन्ध रहेका नेपाल र खनाल २०३२ सालमा अखिल नेपाल कोर्डिनेसन केन्द्र (कोके)कालकै संस्थापक मानिन्छन् । तर पनि उनीहरुबिच निरन्तर मतभेदपूर्ण सहकार्य यहाँसम्म आइपुगेको दुवै नेताहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् । २०७८ सालमा एमालेसँग विद्रोह गर्दा झलनाथले ओलीतिर नलागेर माधवलाई साथ दिए । यद्यपि त्यसबेला खनाल नेपाल बाहिर उपचारका लागि गएका थिए ।

बिज्ञापन

नयाँ पार्टी गठनपछि पनि दुई नेताबिच कहिल्यै सुमधुर सम्बन्ध बन्न सकेन । अध्यक्ष नेपालले महत्वपूर्ण निर्णय गर्दा आफूसँग कहिल्यै सल्लाह नगर्ने गरेको खनालले बताउने गरेका छन् । यसरी महत्वपूर्ण विषय र निर्णयमा मतभिन्नता देखिँदै आएकोमा पछिल्लो पटक खनालले एमालेसँग विद्रोह गर्नुको औचित्य नभएको भन्ने अभिव्यक्ति दिएपछि त दुई नेताबिचको खटपट सार्वजनिक आरोप-प्रत्यारोपमै परिणत हुन पुगेको छ ।

त्यसो त पार्टीको सैद्धान्तिक कार्यक्रममै नेपाल र खनालबिच फरक मत रहँदै आएको प्रष्टै छ । अध्यक्ष नेपाल जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा छन् भने खनाल त्यसमा फरक मत राख्दै आएका नेता हुन् । पछिल्लो समय खनाल वैज्ञानिक समाजवादको वकालत गर्दै आएका छन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते