होमपेज > लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात: असार १२ गतेदेखि १९ सम्म चल्ने

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात: असार १२ गतेदेखि १९ सम्म चल्ने

बिज्ञापन
बिज्ञापन

नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव“यामाहा ब्लू फेस्ट” लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ।

बिज्ञापन

कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष श्रीनारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपककुमार अग्रवालले गरेका थिए। असार १२ गतेदेखि १९ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै
बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

बिज्ञापन

असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन्:

बिज्ञापन

-जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।
– यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० को मूल्यांकन।
– अन्य ब्रान्डमा न्यूनतम रु. २५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य)।
– एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस।
– रु. ६,००० सम्मको नगद छुट।
– फ्रीएक्सेसरिजहरू।
– निःशुल्कआर्थिक वर्ष०८२/८३को सडक करभुक्तान।
– ७.९९५ ब्याजदरमावित्तपोषण, ग्यारेन्टरआवश्यकनपर्ने सुविधा।

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ। ARAI प्रमाणित ७१.३३ कि.मी.प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid देखि स्टाइलिश र स्पोर्टी लुकसहितको Yamaha R15 V4 सम्म,यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ। सडकमा दमदार उपस्थिति चाहनेहरूले MT-15 V2 र FZ V3 सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा Aerox 155 ले आफ्नो फरक पहिचान बनाएको छ। अफ-रोडका लागि WR155R जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन्। यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्दछ।

यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र होइन, यो सवारी संस्कृतिको उत्सव पनि हो, जसमा इनोभेसन, फनर कम्युनिटी बीचको सम्बन्ध मिसिएको छ। त्यसैले तपाईं आफ्नो बाइक अपग्रेड गर्न खोजिरहनुभएको छ अथवा केवल फेस्टिभलको मजा लिन चाहनुहुन्छ भने, यो हप्ता यामाहा ब्लू फेस्ट लगनखेल नै तपाईंको लागि सहि गन्तव्य हुन सक्छ।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो जो आफ्नो अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका लागि परिचित छ। यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिंग एक्सपिरियन्स प्रदान गरिरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते