होमपेज > दैनिक न्यूनतम साढे १० करोड रुपियाँ बराबरको विद्युत् निर्यात

दैनिक न्यूनतम साढे १० करोड रुपियाँ बराबरको विद्युत् निर्यात

बिज्ञापन
बिज्ञापन

असार लागेसँगै नेपालले दैनिक न्यूनतम साढे १० करोड रुपियाँ बराबरको विद्युत् निर्यात गर्न थालेको छ । अघिल्लो साता मनसुन सक्रिय भई वर्षा हुँदा जलप्रवाह बढेपछि विद्युत् निर्यात पनि बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । देशभित्र खपत भएर बाँकी भएको विद्युत् निर्यात गर्दा पनि यो परिमाणमा विद्युत् निर्यात भएको हो ।

बिज्ञापन

असार १ गतेदेखि नेपालले बङ्गलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार राज्यमा १२५ मेगावाट र हरियाणा राज्यमा दुई सय मेगावाट विद्युत् नियमित निर्यात गर्दै आएको छ । यसबाहेक दैनिक बोलकबोल मार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) मा विद्युत् निर्यात हुने गरेको छ । प्राधिकरणको लोड डिस्प्याच सेन्टरको पछिल्लो तथ्याङ्क अनुसार गएको शनिबार मात्रै नेपालबाट २४ घण्टामा १५ हजार ९१८ मेगावाट विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपियाँ आम्दानी भएको छ । यो आँकडा बङ्गलादेश निर्यात समेतको हो ।

बिज्ञापन

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार आन्तरिक खपत पूरा गरेर बाँकी भएको विद्युत् निर्यात गर्दा यो परिमाणमा निर्यात सम्भव भइरहेको छ । आगामी दिनमा विद्युत् उत्पादन र खपतको अवस्था अनुसार निर्यात अझै बढ्दै जाने सम्भावना छ । बङ्गलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् निर्यात भइरहेको छ ।

विहारको निर्यातमा नेपालको विद्युत्बाट प्रतियुनिट आठ रुपियाँ ७२ पैसा मूल्य प्राप्त भइरहेको छ भने उत्तरप्रदेशको दर पनि सोही हाराहारीमा छ तर अहिले आइइएक्समा नेपालको विद्युत्ले राम्रो मूल्य नपाइरहेको आँकडाले देखाउँछ । आइइएक्समा तीनदेखि चार रुपियाँमै पनि विद्युत् निर्यात गर्नु परिरहेको तथ्याङ्क छ । सबैखाले विद्युत् निर्यातको प्रतियुनिट दर अहिले करिब छ रुपियाँ ७० पैसा रहेको छ ।

बिज्ञापन

नेपालले बङ्गलादेशमा पाँच महिनामा ४० मेगावाटका दरले विद्युत् निर्यात गर्दा कुल एक अर्ब २५ करोड रुपियाँ प्राप्त गर्ने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते