नेपाली बजारमा आज आइतबारको दिन सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १६० रुपैयाँ पुगेको छ ।








