होमपेज > आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता अन्तरक्रिया कार्यक्रम सम्पन्न

आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले “आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता“ सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आज राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा आयोजना गरिएको थियो ।

बिज्ञापन

कार्यक्रमको अध्यक्षता उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. सुधा देवकोटाले गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक कमलेश मिश्रले स्वागत मन्तव्य राख्दै अन्तरक्रियाको उद्देश्य स्पष्ट पार्नुभयो । मिश्रले स्वास्थ्य सेवामा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “आधारभूत तथा आकस्मिक सेवा पहुँचको विषयमा जनचेतना अभिवृद्धि गर्न सञ्चारको सक्रिय संलग्नता आवश्यक छ।”

बिज्ञापन

कार्यक्रममा डा.फणिन्द्र प्रसाद बरालले ‘आधारभूत स्वास्थ्य सेवाको कानुनी व्यवस्था तथा वर्तमान अवस्थाू विषयमा प्रस्तुतीकरण गर्नुभयो । डा. बरालले भन्नुभयो, “नागरिकको जीवनरक्षासँग जोडिएको आधारभूत र आकस्मिक सेवा निःशुल्क र गुणस्तरीय बनाउन ऐन–नियम र संरचना स्पष्ट छन्, तर कार्यान्वयनको कमजोरी सबैभन्दा ठूलो चुनौती हो ।”

सञ्चारकर्मीहरूसँग भएको प्रश्नोत्तर तथा छलफल सत्रमा सहभागीहरूले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवामा देखिएका व्यावहारिक समस्याहरू औँल्याउँदै समाधानका सुझावहरू पनि प्रस्तुत गरे । उक्त सत्रको सहजीकरण भोगेन्द्र राज डोटेलले गर्नुभएको थियो ।

बिज्ञापन

अन्त्यमा निर्देशक डा. सुधा देवकोटाले कार्यक्रम समापन गर्दै सञ्चारकर्मीहरूसँगको सहकार्यमार्फत स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा यस्ता छलफलहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते