नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति पाएको छ ।
बिज्ञापन
कम्पनीले प्रतिकित्ता १०० रुपियाँको दरले ११ करोड १९ लाख रुपियाँ बराबरको ११ लाख १९ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने बुकु खोलामा ५ मेगावाट क्षमताको बुकु–कपती जलविद्युत आयोजना निर्माण गरेको छ ।








