होमपेज > अविरल वर्षापछि आएको बाढीले अष्ट्रेलियामा १० हजारभन्दा बढी घरमा क्षति

अविरल वर्षापछि आएको बाढीले अष्ट्रेलियामा १० हजारभन्दा बढी घरमा क्षति

बिज्ञापन
बिज्ञापन
अष्ट्रेलियाको न्यू साउथ वेल्समा लगातारको अविरल वर्षापछि आएको बाढीले राज्यको पूर्वी क्षेत्रमा रहेका १० हजारभन्दा बढी घरधुरी र सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
राज्य आपत्कालीन सेवाका प्रमुख सुपरिन्टेन्डेन्ट पल म्याकक्विले शनिवार बिहान पत्रकारहरूसँग कुरा गर्दै भने, “क्षतिको पूर्ण मूल्याङ्कनका लागि हाम्रा टोलीहरू सक्रिय रूपमा खटिरहेका छन्। यो अवस्था अझै जोखिमपूर्ण छ, त्यसैले सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्छु ।” उनले थपे, “पानीको स्तर पूर्ण रूपमा घट्ने र स्थानीयवासीले सुरक्षित रूपमा आफ्ना घर फर्कने अवस्था नबनेसम्म कसैलाई पनि घर फर्कन अनुमति दिइने छैन ।”
यसैबीच, न्यू साउथ वेल्स प्रहरीका अनुसार बाढी प्रभावित मिड नर्थ कोस्ट क्षेत्रमा जलेको सवारी साधनभित्र एक व्यक्तिको शव फेला परेको छ । यो घटनाले विगत पाँच दिनदेखिको वर्षा र बाढीका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको पुष्टि भएको छ ।
 बाढीले मिड नर्थ कोस्ट र हन्टर क्षेत्रमा ठूलो प्रभाव पारेको छ । टारी, केम्पसी, र पोर्ट म्याक्वारी जस्ता क्षेत्रमा सयौँ मानिसको उद्धार गरिएको छ भने करिब ५० हजार मानिस अझै अलग्गिएको अवस्थामा छन् । ब्यूरो अफ मेटियोरोलोजीले थप वर्षाको चेतावनी दिएको छ, जसले स्थिति अझ जटिल बनाउन सक्छ ।
प्रधानमन्त्री एन्थनी अल्बानेसले बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना बनाएका थिए, तर बाढीका कारण टारी पुग्ने उनको भ्रमण रद्द भएको छ । उनले प्रभावित समुदायप्रति समवेदना व्यक्त गर्दै आपत्कालीन सेवालाई धन्यवाद दिएका छन् ।

बिज्ञापन

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते