होमपेज > भारत पाकिस्तानबीचको तनावमा हात हालाहालको स्थिति अघि बढ्नु हुँदैन: प्रधानमन्त्री

भारत पाकिस्तानबीचको तनावमा हात हालाहालको स्थिति अघि बढ्नु हुँदैन: प्रधानमन्त्री

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पाकिस्तानबिचको तनावमा हात हालाहालको स्थिति अघि बढ्न हुँदैन भनेर आफूहरूले पनि भनेको बताएका छन् । साथै उनले सम्भावित लडाइँबाट दुवै देश पन्छिएकोमा धन्यवाद दिएका छन् ।

बिज्ञापन

दुई देशबिच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका लागि बुद्धका उपदेशहरू आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

बिज्ञापन

‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको हात हालाहाल त भएको थियो, तर त्यो हात हालाहाल बढ्न पाएन’, प्रधानमन्त्रीले भने, ‘संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।’

प्रधानमन्त्रीले आफूहरूले सुरुदेखि नै हात हालाहालको स्थिति विस्तार हुनुहुँदैन भनेर भनेको पनि बताए । ‘हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ’, प्रधानमन्त्रीले भने, ‘उहाँहरूसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

बिज्ञापन

प्रधानमन्त्रीले बुद्धको शान्तिको सन्देशको अर्थ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्मरण गरे ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते