नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला २ हजार ४ सय रूपैयाँ बढेको छ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रूपैयाँमा झर्यो। मंगलबार आउँदा सुन प्रतितोला ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार २ सय रूपैयाँ पुग्यो।
बिज्ञापन
बुधबार मंगलबारको तुलनामा प्रतितोला १ हजार ४ सय रूपैयाँ बढेर १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भयो। बिहीबार एक सय रूपैयाँ घटेर एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भयो। शुक्रबार पनि बिहीबारको तुलनामा प्रतितोला २३ सय रूपैयाँ बढेर एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला ५० रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।








