होमपेज > विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

बिज्ञापन
बिज्ञापन

भारतका स्टार क्रिकेटर एवम् पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

बिज्ञापन

केहि दिनअघि मात्रै कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट अचानक सन्यास घोषणा गरेका थिए । त्यसपछि विराटले पनि सन्यास लिन लागेको खबरहरु सार्वजनिक भएका थिए । तर, उनले आधिकारिक प्रतिक्रिया दिएका थिएनन् । आज भने उनले आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै टेस्ट क्रिकेटबाट आधिकारिक रुपमा सन्यास लिएको घोषणा गरेका हुन् ।

बिज्ञापन

उनले भनेका छन्, ‘म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु– खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि, र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि । म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्छु ।’

सन् २०११ मा टेस्ट डेब्यु गरेका कोहलीले भारतका लागि अहिलेसम्म १२३ खेल खेलेका छन् । उक्त खेलमा उनले ९२३० रन बनाएका छन् । टेस्टमा उनको औसत ४६.८५ रहेको छ । टेस्ट क्रिकेटबाट सन्यास लिएपनि उनले एकदिवसीय क्रिकेटमा भने खेल्नेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते