होमपेज > प्रभु इन्स्योरेन्सको तेस्रो त्रैमासमा नाफा २० करोड २ लाख ८८ हजार रुपैयाँ

प्रभु इन्स्योरेन्सको तेस्रो त्रैमासमा नाफा २० करोड २ लाख ८८ हजार रुपैयाँ

बिज्ञापन
बिज्ञापन

प्रभु इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४८.८४ प्रतिशत घटेर २० करोड २ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ ।

बिज्ञापन

गत वर्षको चैतसम्म इन्स्योरेन्स कम्पनीले ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्ष को चैतसम्ममा इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

बिज्ञापन

यस अवधिमा इन्स्योरेन्स कम्पनीले खुद दाबी भुक्तानी १६ करोड १७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले २२ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म इन्स्योरेन्स कम्पनीले ७२ करोड ६१ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४४ करोड १३ हजार रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले १ अर्ब ९ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ५३ करोड ३७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

१ अर्ब ४४ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्स कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

बिज्ञापन

इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ३७.९३ रुपैयाँबाट घटेर १८.५३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९ गुणा रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते