नेपाली बजारमा आज सोमबारको दिन सुनको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ८६ हजार ८०० रूपैयाँमा झरेर प्रतितोला मूल्यमा ३ हजार ७०० रुपैयाँले घटेको हो।
बिज्ञापन
आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९६० रूपैयाँका दरले किनबेच भइरहेको महासंघले जनाएको छ।








