होमपेज > वित्तीय ठगी, चोरी र अपराधबाट सतर्कता अपनाउन नेपाल राष्ट्र बैंकको अपिल

वित्तीय ठगी, चोरी र अपराधबाट सतर्कता अपनाउन नेपाल राष्ट्र बैंकको अपिल

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले आम नागरिकलाई वित्तीय ठगी, चोरी र अपराधबाट जोगिन सतर्कता अपनाउन अपिल गरेको छ।

बिज्ञापन

‘सस्तोमा मोबाइल पठाइदिन्छु’, ‘तपाईँलाई चिठ्ठा पर्‍यो’, ‘पार्सल आयो’, ‘रकम डबल हुन्छ’, ‘क्रिप्टो किन्नुस्’, ‘नोकरी लगाइदिन्छु’, ‘लगानी गर्नुहोस्’ जस्ता आकर्षक मेसेजहरूले सम्पत्ति कमाउने त होइन आफूसँग भएको पनि गुमाउने अवस्था आउने केन्द्रीय बैंकल जनाएको छ । नेपाल राष्ट्र बैंकले यस्तो मेसेजमा छलकपट र झूटा सूचना लुकेको हुनसक्ने चेतावनी दिएको छ।

बिज्ञापन

बैंकका अनुसार, यदि नागरिकले यस्ता सन्देशहरूलाई विश्वास गरेर आफ्नो गोप्य विवरण, नागरिकता जस्ता महत्वपूर्ण कागजात दिए भने उनीहरूलाई ठुलो आर्थिक नोक्सानी हुन सक्ने सम्भावना रहेको छ। यसो गर्दा केवल सम्पत्ति कमाउने सम्भावना नपाइने, बरु आफ्नो मेहनतले कमाएको धन गुमाउन सकिनेछ।

नेपाल राष्ट्र बैंकले सबै नागरिकलाई यस्ता सन्देशहरूको प्रति सतर्कता अपनाउन र कुनै पनि आर्थिक कारोबार गर्नु अघि राम्रोसँग सोचविचार गर्न आग्रह गरेको छ। यदि यस प्रकारको मेसेज प्राप्त भएमा त्यसलाई नजरअन्दाज गर्न र सबै प्रकारको अनलाइन वित्तीय कारोबार गर्दा विश्वसनीय र आधिकारिक स्रोतबाट मात्र सेवा प्राप्त गर्न महत्त्वपूर्ण छ।

बिज्ञापन

साथै, बैंकले सूचना सुरक्षा र गोपनीयता कायम राख्नका लागि डिजिटल सेवाहरूको प्रयोगमा विशेष ध्यान दिन र अनलाइन ठगीबाट बच्न व्यक्तिगत विवरणहरू सुरक्षित राख्न सल्लाह दिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते