होमपेज > प्रभु बैंकको ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

प्रभु बैंकको ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

बिज्ञापन
बिज्ञापन

प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले यहाँका लघु, साना तथा मझौला उद्यम (एसएमई) र उपभोक्ता वर्ग लक्षित गरी ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ ।

बिज्ञापन

यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंकको गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ। कार्यक्रममा रानाले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहकलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा उनले जोड दिए ।

बिज्ञापन

एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्ने छ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायत आवश्यकताका लागि विविध ऋण योजना उपलब्ध हुनेछ ।

एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी मार्फत बैंकले व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण ९घर, गाडी, शिक्षा, स्वास्थ्य०, द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया, वित्तीय परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते