होमपेज > ‘म भागेको छैन, काठमाडौँकै मन्दिरमा सुरक्षित भएर बसेको छु’: दुर्गा प्रसाईं

‘म भागेको छैन, काठमाडौँकै मन्दिरमा सुरक्षित भएर बसेको छु’: दुर्गा प्रसाईं

बिज्ञापन
बिज्ञापन

चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन्। प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ।

बिज्ञापन

यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन्। ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन। म भागेको छैन। पुलिस प्रशासनले मलाई खोज्न पर्दैन। मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर जन्मेको हुँ। म भाग्नलाई जन्मेको होइन।’

बिज्ञापन

चैत १५ गतेको कार्यक्रम आफूहरूले शान्तिपूर्ण तरिकाले गर्न जाँदा आफूलाई मार्ने ठुलो योजना रहेको दाबी गरेका छन्। उनले भने, ‘लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेश जाने पीडितलगायतको आवाजलाई उठाएर अघि बढाएपछि अब हामीले लडाइँ जित्छौँ, विद्रोह सफल हुन्छ भनेपछि विभिन्न भेसभुसामा युवा संघ र पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा अर्काको घरमा चढेर घटना घटाइयो।’

उनले आफूहरू कार्यक्रम स्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन् । आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालोजस्तो थुन्नुपर्‍यो कि त मार्ने षडयन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ।

बिज्ञापन

‘प्रहरीलाई जति माया म जतिको कोही छैन। तपाईंलाई दुर्गा प्रसाईंले पेल्यो भन्ने लाग्यो होला। तर, मलाई लक्षित गरेर छतमा सार्प सुटरहरू राखिएको थियो। तीनकुने पुग्दा मेरो कानको छेवैबाट गोलीहरू गयो। त्यसपछि कसको रगत उम्लिँदै । मैले पुलिस चित्त दुखाउने काम गरेको छैन। आफूलाई सुरक्षित राख्न मात्र घेरा तोडेको हुँ।’

उनले आफूले कहिले पनि त्यहाँ घर जला भनेर नभनेको पनि बताएका छन्।  ‘बरु संसद् भवन कब्जा गरौँ मात्र भनेको हुँ। तोडफोड नगर भनेको छु। त्यस दिनको घटनाप्रति दुःख व्यक्त गर्छु,’ उनले भनेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते