नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बिज्ञापन








