राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई जेल हाल्न चुनौती दिएका छन्। आइतबार संसद बैठकमा उनले आफूहरूलाई जेल हाल्न चुनौती दिएका हुन्।
बिज्ञापन
बैठकमा होहल्लाका बीच गणतन्त्रपक्षधर सांसदहरूले राजावादीहरूलाई थुन्नुपर्ने भनेपछि लिङ्देनले सक्ने भए जेल हाल्न चुनौती दिएका हुन्। ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल’, लिङ्देनले भनेका छन्।
बिज्ञापन
संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरूबीच आरोप–प्रत्यारोप चलेपछि १५ मिनेका लागि बैठक स्थगित भएको थियो।








