होमपेज > ललितपुरमा वात्सल्यको नयाँ नि:सन्तानपन उपचार क्लिनिक

ललितपुरमा वात्सल्यको नयाँ नि:सन्तानपन उपचार क्लिनिक

बिज्ञापन
बिज्ञापन

वात्सल्य नेचुरल आइभिएफले ८औं वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिकको सञ्चालन सुरू गरेको छ। नेपाल मेडिसिटी अस्पताल नख्खुमा रहेको क्लिनिकको सोमबार डा. उपेन्द्र महतोले उद्घाटन गरे।

बिज्ञापन

समारोहमा वात्सल्यको ब्रान्ड एम्बेसडरका रूपमा २०२४ का मिस नेपाल विजेताहरु आश्मा कुमारी केसी, सुमना केसी र करुणा रावत पनि उपस्थित थिए। वात्सल्यको रिब्रेडिङले नयाँ लोगो, नयाँ ब्रान्ड रंगहरू, र नयाँ विषयवस्तु हित नयाँ नारा (स्लोगन) ’नयाँ आशा, नयाँ जीवन’लाई सार्वजनिक गरेको छ। विगत ८ वर्षदेखि वात्सल्यले करिब पाँच हजार जोडीहरूलाई सन्तान प्राप्तिको सुख दिएको बताइएको छ।

बिज्ञापन

‘हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउनु हो। हाम्रो रिब्रेडिङ नयाँ पहिचान मात्र हैन, यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्न प्रति हाम्रो प्रतिबद्धतालाई पनि थप प्रस्ट पार्छ,’ वात्सल्य नेचुरल आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने।

वात्सल्य समूहले नक्साल, ललितपुर, भक्तपुर, नेपालगन्ज, चितवन र बुटवलमा सेवा प्रदान गर्दै आएको छ। साथै, पोखरा विराटनगरमा चाँडैनै नयाँ क्लिनिक खोल्ने तयारीमा रहेको छ। यस विस्तारका साथ वात्सल्यले नेपाल भरका इच्छुक परिवारहरुलाई प्रजनन सेवा सजिलै उपलब्ध गराइ अभिभावकत्वको खुसी प्रदान गर्न तत्पर रहेको जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते