होमपेज > स्काईवेलको फ्ल्यागसिप सोरूम नक्सालमा सञ्चालन

स्काईवेलको फ्ल्यागसिप सोरूम नक्सालमा सञ्चालन

बिज्ञापन
बिज्ञापन

नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेलले आफ्नो फ्ल्यागसिप सोरूम काठमाडौंको नारायणचौर, नक्सालमा सञ्चालनमा ल्याएको छ। नेपालका लागि स्काईवेल ब्राण्डको आधिकारीक आयातकर्ता तथा बिक्रेता जी मोटर्स प्रालि नक्सालमा नयाँ शोरूम विस्तार गरेको हो।

बिज्ञापन

बिज्ञापन

नेपालमा पाईने विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक बर्ष अगाडी भित्र्याएको थियो। मार्च २१, शुक्रबारका दिन चिनियाँ राजदुताबासका डेपुटी चिफ अफ मिसन माहमहीम वाद जीन ले एक समारोहका विच रिवन काटेर विक्री कक्षको उद्घाटन गरे। उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्द्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रालिका चेयरमेन दुर्गा प्रसाद गेलालको
उपस्थिती रहेको थियो।

बिज्ञापन

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्‌नो बलियो बजार साख श्रृजना गरिसकेको छ। स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्धको ब्राण्ड हो। राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो।

भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको विक्री वितरण शुरू गरेको थियो। नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा विक्री गरिसकेको छ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाले भने, ‘देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडि विक्री गछौं, वहाँहरू घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान् सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रूपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ। त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहिं कति पनि चुक्ने छैनौ। हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौं । हामी सँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन्।’

आयोजित समारोहमा बोल्दै जी मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलाले भने, ‘स्काईवेल साधारण ईभी होईन यो प्रिमियम एसयुभी ब्राण्डको रूपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो। यो सवारी चढेर हिड्ने हाम्रा ग्राहकले जती गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहि चुक्ने छैनौं।’

एक करोड १५ लाख रूपैया मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरूवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रूपैया मूल्य पर्छ । यसै बर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते