होमपेज > सिटिजन लाइफको सबैभन्दा ठूलो शेयरहोल्डर कान्तिपुर, अन्य कुन-कुन छन्?

सिटिजन लाइफको सबैभन्दा ठूलो शेयरहोल्डर कान्तिपुर, अन्य कुन-कुन छन्?

बिज्ञापन
बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एक प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व हुने लगानीकर्ताको संख्या २२ रहेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को विवरण अनुसार ठूला शेयरधनीहरुको संख्या २२ रहेको छ।

बिज्ञापन

जसमध्ये सबैभन्दा धेरै कान्तिपुर पब्लिकेशन प्रालि र सुमित कुमार अग्रवालको रहेको छ। कान्तिपुर र सुमितको सो कम्पनीमा समान २० लाख ४७ हजार ५०० कित्ता शेयर तथा ५.२०/५.२० प्रतिशत स्वामित्व रहेको छ भने प्रदीप जंग पाण्डेको १४ लाख ४३ हजार ७५० कित्ता शेयर तथा ३.६७ प्रतिशत स्वामित्व रहेको छ। प्रदीप सो कम्पनीको अध्यक्ष हुन भने सुमित सञ्चालक समितिको सदस्य हुन्।

बिज्ञापन

यसैगरी, विकास जेबी राणा, सुष्मा राणा र यति वर्ल्ड इन्भेस्टमेन्ट प्रालिको समान १४ लाख १७ हजार ५०० कित्ता शेयर तथा ३.६०/३.६० प्रतिशत स्वामित्व रहेको छ। एयर डाइनास्टी हेली सर्भिस प्रालिको ८ लाख ४२ हजार ६२५ कित्ता शेयर तथा २.१४ प्रतिशत स्वामित्व छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान ६ लाख ३० हजार कित्ता शेयर तथा १.६०/१.६० प्रतिशत स्वामित्व रहेको छ।

त्यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको १.४० प्रतिशत, राम अग्रवालको १.३२, गुडविल फाइनान्स लिमिटेडको १.२०, प्रिमियर वायरलेस प्रालिको १.२०, अनुज लक्ष्मी धितालको ०.९६, क्याबिनेट श्रेष्ठको ०.९६, सुजन वैद्यको ०.९६ र सन्दिप पाख्रिन लामाको ०.९० प्रतिशत शेयर स्वामित्व रहेको छ।

बिज्ञापन

यस्तै, पृथ्वी बहादुर पाडे र शिखर इन्स्योरेन्सको समान ०.८६/०.८६ प्रतिशत शेयर स्वामित्व हुँदा हिमालयन इन्फ्रास्ट्रक्चर फण्डको ०.८० प्रतिशत स्वामित्व रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते