काठमाडौँको विभिन्न क्षेत्रमा आज दिनभर विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
बिज्ञापन
रत्नपार्क डिस्ट्रिब्युसन सेन्टरको अनामनगर फिडरअन्तर्गत सिंहदरबार पूर्वीगेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिणगेट, सीडीओ कार्यालय आसपास अन्नपूर्ण न्यूरो हस्पीटल अगाडि एचटी लाइन सुदृढीकरण तथा बुश कटिङ्ग गर्ने कार्य चलेकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बिज्ञापन
यी क्षेत्रमा दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने बताइएको छ ।








