होमपेज > वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको छ: श्रममन्त्री भण्डारी

वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको छ: श्रममन्त्री भण्डारी

बिज्ञापन
बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

बिज्ञापन

मन्त्री भण्डारीले बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको बताए। उनले आगामी दश वर्षभित्र मुलुकमै रोजगारीको सुनिश्चित गर्न उद्यमशीलता र उत्पादकत्व वृद्धि गरी श्रम बजारको व्यवस्थापनको सुरुवात भएको बताए। नेपाली युवामा देखिएका अधिकांश निराशा रोजगारसँग सम्बन्धित रहेको भन्दै उनले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्याङ्कन गरी निराशा चिर्ने दाबी गरे।

बिज्ञापन

उनले भने, ‘अहिलेको अवस्थामा मुलुकमा छाएको एक खालको जुन निराशा छ, यो विशेष गरेर रोजगारसँग जोडिएको छ। मुलुकमा हरेक वर्ष असाध्यै शक्तिशाली श्रमशक्ति मुलुकको श्रम बजारमा आउँदैछ। तर त्यो श्रम बजारको व्यवस्थापन हामीले गर्न सकिरहेका छैनौँ। जसको कारणले हामी बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारको चपेटामा परेका छौँ। जसले विभिन्न किसिमका विकृतिहरू पनि जन्माएको छ।’

मन्त्री भण्डारीले नेपालको श्रम रोजगार तथा आर्थिक गतिविधिको क्षेत्रमा नयाँ कोशेढुङ्गाको सुरुवात भएको बताए। विदेशमा सिकेका सीप र संस्कारलाई नेपालमा भित्र्याएर उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते