साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजार घटेको छ। सोमबार २०।६८ अंकले घट्दै शेयर बजार २७५१.४२ को बिन्दुमा ओर्लिएको छ। समग्रमा सोमबार ०.७४ प्रतिशतले बजार घट्यो।
बिज्ञापन
बजार गत सोमबारदेखि नै लगातार ओरालोमा थियो। २८९० को बिन्दुबाट ओर्लिएको बजार पछिल्लो ६ कारोबार दिनकै बिचमा करिब १३९ अंकले घटेको छ। लगातार गिरावटका बिच बजारमा कारोबार रकम पनि घटेको छ। सोमबार १ करोड ५० लाख ९४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँमै सीमित बन्यो। जुन १६ कारोबार दिनयताकै कम हो।
बिज्ञापन
आज अन्य बाहेक सबै समूहका सूचक घटेका छन्। अन्यको सूचक ०.०८ प्रतिशतले बढ्दा बाँकी समूहका सूचक घटे। सोमबार सबैभन्दा बढी सामूहिक लगानीको सूचक ३.०६ प्रतिशतले घटेको छ।
यस दिन कारोबारमा आएका १९१ कम्पनीको मूल्य घट्दा जम्मा ४४ कम्पनीको मूल्य बढ्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। लगातार बजार घट्दै गर्दा कारोबार रकममा पनि गिरावट आइरहेको छ। यसले लगानीकर्ताको मनोविज्ञान क्रमशः बिग्रँदै गएको देखाउँछ।
बिज्ञापन
विशेषगरी बदलिँदो राजनीतिक परिस्थितिको प्रभाव बजार परेको देखिन्छ।








