यो हप्ताको शेयर कारोबारको दोस्रो दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १०.९८ अंकले घटेको छ।
बिज्ञापन
आज घटेर २६७७.३२ बिन्दुमा बजार बन्द भएको छ। यसदिन ७७ कम्पनीको शेयर बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ।
बिज्ञापन
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज ६ अर्ब ९६ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। आइतबार ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।
आज न्याग्दी पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा पोजेटिभ सर्किट लागेको छ। कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले पोजेटिभ सर्किट लागेको नेप्सेले जनाएको छ।








