होमपेज > स्कारपियो दुर्घटना: एकको मृत्यु, ४ जना गम्भीर घाइते

स्कारपियो दुर्घटना: एकको मृत्यु, ४ जना गम्भीर घाइते

बिज्ञापन
बिज्ञापन

कास्कीको घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

यस्तै ४ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते ४ जनालाई हेलिकोप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ। पोखराबाट घान्द्रुक जाँदै गरेको ग१ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा बिहीबार दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।

बिज्ञापन

उनीहरुमध्ये घाइते एक महिलाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन। घाइतेहरूमध्ये पोखरा बगरकी रिहाना थकाली, मुस्ताङ घर भएकी ज्योति खत्री, बागलुङकी सीमा कुमारी खत्री र नमिता खत्रीको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए। चालक गाडीबाट झरेपछि गाडी पछाडि सरेर दुर्घटना भएको बताइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते