होमपेज > प्रहरीले रवि लामिछानेलाई चितवन अदालत उपस्थित गरायो

प्रहरीले रवि लामिछानेलाई चितवन अदालत उपस्थित गरायो

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत उपस्थित गराएको छ।

बिज्ञापन

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले बिहीबार लामिछानेलाई अदालत उपस्थित गराएको हो। बहस बुधबारदेखि सुरू भएको थियो। बुधबार थुनछेक बहस नसकिएपछि अदालतले लामिछानेलाई हिरासत पठाउन आदेश दिएको थियो। सभापति लामिछाने बुधबार नै चितवन जिल्ला अदालत उपस्थित भएका थिए।

बिज्ञापन

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेविरुद्ध जाहेरी दिएका सहकारी पीडितको तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गर्दैछन्। बुधबार थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए। त्यसपछि जाहेरीवालाको तबर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरे।

बिहीबार १० बजेपछि जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरू आरसी गौतम, गोपिलाल देवकोटा, सीताराम दवाडी, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्दैछन्।

बिज्ञापन

लामिछानेको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दिपकराज तिमल्सेनाको वकालतनामा दर्ता भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

थुनछेक बहस विहीबार नै सक्ने तयारी छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते