होमपेज > अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकलाई

अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकलाई

बिज्ञापन
बिज्ञापन

बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ। नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैङ्क फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैङ्क विजयी भएको हो।

बिज्ञापन

विजयी हुँदै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। २९ टिमबिच भएको तिन दिने प्रतियोगिताको अन्तिम दिन आज १६ टिमबिच क्वाटर, सेमी र फाइनल खेल भएको थियो। यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैङ्कका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैङ्ककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए।

बिज्ञापन

यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैङ्कका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैङ्कका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ। नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरिएको हो। उपाधि विजेता, उपविजेता तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैङ्क कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए।

खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्घाटन गर्दै प्रतियोगिताको सफलताको कामना गरे।
प्रतियोगिताको मुख्य प्रायोजकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक, सह प्रायोजकमा ग्लोबल आइएमई बैक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते