नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता भएका छन्।
बिज्ञापन
कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता भएका छन्। कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्।
बिज्ञापन
पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो। डोजरसहित एकजना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिइन्।
कालिकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एकजना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए। उनले भने, “चालकको सकुशल उद्धार गरिएको छ। सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन।”
बिज्ञापन
बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको ।








